पाल्चाेक । ऐतिहासिक महत्व बोकेको सिन्धुपाल्चाेकस्थित पाल्चाेकमा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ आइतवार बाट सुरू भएकाे छ ।
हेलम्बु गाउँपालिका ३ स्थित पाल्चाेकलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने तथा नेपालकै ठुलाे ६००० किलाेकाे घण्ट निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको पं रामकृष्ण सुवेदीले जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाको सूचना


श्री जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मुल समितिकाे आयाेजनामा फागुन ६ गते आइतवार सम्म नवाह ज्ञान महायज्ञ हुने समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।
हिजाे शनिवार एक कार्यक्रमका बिच प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलले छ हजार किलाेकाे घण्टकाे शिलान्यास गरे । हाल नेपालकै ठुलाे ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।
९ वटा देविहरूकाे पुजा गरेर नवाह ज्ञान महायज्ञ गरिने पं नारायण प्रसाद खनालले जानकारी दिए । घण्ट बनाउन ३ कराेड ३० लाख खर्च लाग्ने आयाेजकले बताएकाे छ । फागुन ६ गते आइतवार सम्म हुने नवाह ज्ञान महायज्ञ पं श्री राम कृष्ण सुवेदी तथा श्री नारायण प्रसाद खनालकाे मुखारविन्दुवाट हुनेछ ।
ठुलाे घण्ट निर्माणकाे उद्देश्य सहित गर्न लागीएकाे ज्ञान महायज्ञमा प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकास भुजेलले २० लाख २० हजार सहयाेग गरिसकेका छन । त्यस्तै बिष्णु बहादुर बराइलीले ५ लाख, प्रकास मानव सेवा आश्रमका अध्यक्ष श्याम खड्काले १ लाख ५ हजार सहयाेगकाे प्रतिवद्वता व्यक्त गरेका छन । सहयाेग आउने क्रम जारी रहेकाे घण्ट व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।
