BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

मेलम्ची, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नं ११ मा प्रस्ताव गरिएकाे फट्टे पुल आयाेजनाकाे संक्षिप्त वातावरणीय अध्ययनकाे मस्याैदा प्रतिवेदन सम्बन्धमा मेलम्ची नगरपालिकाले शाेमवार सार्वजनिक सुनुवाई गर्याे । जसकाे प्रविधिक सहयाेग स्टारलाइन मल्टी कन्सलटेन्सी प्रा.लि ले गरेकाे थियाे ।

मेलम्ची ११ फट्टेमा बन्ने पुलकाे लागत ३७ कराेड १७ लाख ४९ हजार रहेकाे छ । मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्राेत बाट पुल बनाउन लागेकाे हाे । सबै कुराहरू समयमै ब्यबस्थापन भएमा पुल बन्न १८ महिना लाग्ने प्राविधिकहरूले जानकारी दिएका छन ।

इन्द्रावती गाउँपालिकाको सूचना

२०७८ सालमा मेलम्ची नदिमा आएकाे बाढीले फट्टेकाे पुल भत्कायाे । पुल भत्काएपछि स्थानियलाई आवतजावत गर्न समेत गठिन भयाे । यस पुलले दुवाचाैर, पाल्चाेक, हेलम्बु, पाँचपाेखरी थाङपाल गाउँपालिका पुग्ने सडक जाेडेकाे थियाे । पुल भत्किएपछि दैनिक हजार जना आवतजावत गर्ने यात्रुहरूलाई मर्का परेकाे छ । पुल नभएपछि साे स्थानमा अस्थायी संरचना ह्युमपाइप जडान गरेर नगरपालिकाले यातायात सञ्चालनकाे लागि सहज बनाएकाे छ ।

आज सार्वजनिक सुनुवाई समेत सम्पन्न हुँदा स्थानिय लगायत समाजसेवी, व्यापारीहरू हर्षित भएका छन । नगरपालिकाले गरेकाे सार्वजनिक सुनुवाईकाे स्थानियले प्रसंशा गरेका छन । अब छिटैनै पुलकाे ठेक्का खुल्ने नगरपालिकाले जनाएकाे छ । हाल बन्न लागेकाे पुलकाे लम्बाई ९० मिटर रहेकाे छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा मेलम्ची ११ का स्थानिय राम भक्त दनुवारले पुल बन्न लाग्दा आफुलाई खुसी लागेकाे बताए । ‘हामी कर्णाली पारी भएका छाैँ, मेलम्चीकाे फट्टेमा पुल बन्दा लाभान्वित हुने छाैँ’, दनुवारले भने । पहिलाकै ठाउँमा बाटाे, पहिलाकै ठाउँमा पुल हुनुपर्छ भनेर आफुले भन्दै आएकाे र अहिले नगरपालिकाले साेहि अनुसार काम गरेकाेमा उनले खुसी व्यक्त गरे । पुर्जामा जग्गा भएपनि सुकुम्बासी हुन परेकाेमा उनले दु:ख व्यक्त गरे ।

त्यस्तै समाजसेवी राधाकृष्ण श्रेष्ठले मेलम्ची नवलपुरकाे पुलकाे जतिकै फट्टेकाे पुलकाे महत्व भएकाे बताए । पाँचपाेखरी, हेलम्बु लगायत पाल्चाेक, आमायाङ्री जान र पर्यटकिय हिसावले फट्टेमा पक्की पुल आवस्यक रहेकाे बताए । ‘कतिले महत्वाकांक्षा भन्लान तर मेलम्ची नगरपालिकाकाे हिम्मत र साहसकाे लागि सलाम छ, याे अत्यावस्यक थियाे, याे जरूरी छ’, श्रेष्ठले भने ।

त्यस्तै स्थानिय ज्ञान प्रसाद सापकाेटाले मेलम्ची नगरपालिकाले पुल बनाउन ठुलै हिम्मत गरेकाे बताए । ‘मेलम्ची नगरपालिकाले यति ठुलाे पुल बनाउँदैछ । याे पुल नमुना पनि छ’, उनले भने । याे पुल नेपालभरिकाे नमुना पुल बन्ने उनकाे विश्वास छ । ‘याे पुल चाँडाे भन्दा जाँडाे बन्याे भने जनप्रतिनिधिले गरेकाे साहसले हाम्राे पनि इज्जत बढ्ने छ’, उनले भने ।

त्यस्तै व्यवसायी पुष्कर प्रसाद धितालले पुल बन्ने कुरामा सबै ब्यवसायीहरू खु:सी भएकाे बताए । यस पुलकाे काम गर्दा यहाँकाे लाभान्वित स्थानियले राेजगारी पाउनुपर्ने उनले धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय