सिन्धुपाल्चाेक । नवलपुर माध्यमिक विद्यालयका तीन सय त्रीचालिस शिक्षक, विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएकाे ।
श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकाेत्सव तथा अभिभावक भेलाकाे अवसरमा समाजसेवी तथा शैक्षिक अभियन्ता माेहन बहादुर गिरीले ३४३ सेट ट्र्याक सुट वितरण गरेका हुन । गिरीले आफ्नाे निजि खर्च बाट नवलपुर माध्यमिक विद्यालयका सम्पुर्ण शिक्षक तथा विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका हुन ।
इन्द्रावती गाउँपालिकाको सूचना


नवलपुर माविकि शिक्षिका चित्रा खाेखालीकाे अनुराेधमा विद्यालयमा समाजसेवी गिरीले ट्र्याक सुट सहयाेग गरेकाे विद्यालयका प्रधानाध्यापक धर्मकुमार खाेखालीले जानकारी दिए । शैक्षिक गुणस्तर अभिवृद्वि हाेस भनेर आफुले विद्यालयमा शैक्षिक सामाग्रीहरू समेत वितरण गरिरहेकाे गिरीले बताए । शैक्षिक सामाग्री बितरण मात्र नभई जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाकाे लागि सहयाेग गर्दै आएकाे र अवका दिनमा पनि सहयाेग गर्ने गिरीले प्रतिवद्वता ब्यक्त गरे ।
साे अवसरमा शैक्षिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै समाजसेवी माेहन बहादुर गिरिलाई विद्यालयले सम्मान गरेकाे थियाे ।

गिरिले यसअघि इन्द्रावतीका करिव १५ वटा विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिसकेका छन । इन्द्रावतीका ४४ जना शिक्षक शिक्षिका तथा १,५६७ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा यसअघि वितरण गरिसकिएकाे छ ।

गाउँपालिका भरी क्रियाशिल ४२ वटै विद्यालयमा शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्ने योजना रहेकाे अभियन्ता गिरिले जानकारी दिए । इन्द्रावती २ पोखरे निवासी शैक्षिक अभियन्ता गिरी नेपाली काँग्रेसकाे क्षेत्रिय प्रतिनिधि समेत हुन ।
गिरीले आफ्नो एकल लगानीमा श्री महेन्द्र माध्यमिक विद्यालय इन्द्रावती २, श्री सिंहमति मावि इन्द्रावती ३, श्री सेतिदेवी मावि इन्द्रावती ११ र इन्द्रावती गाउँपालिकामा कृयाशिल १० वटा आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरिसकेकाे इन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले जानकारी दिए ।



