BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

युक्रेनविरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको घटनालाई लिएर अमेरिकाले रुसमाथि थप ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यी प्रतिबन्धहरू आर्कटिक सर्कल जेलमा नाभाल्नीको मृत्यु भएको एक हप्तापछि घोषणा गरिएको हो ।

यसअन्तर्गत करिब एक सय कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति बिडेनले विज्ञप्ति जारी गरेर भनेका छन् कि यी प्रतिबन्धहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमण र देशमा गरेको दमनको लागि ठूलो मूल्य चुकाउनु पर्ने निश्चित गर्नेछ ।

युरोपेली संघले रुसलाई हतियार खरिद गर्न सहयोग गरेको आरोपमा २०० कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसको जवाफमा रुसको विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाइएको ईयूका अधिकारी र नेताहरूको सूची विस्तार गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय