BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

काठमाण्डाै । ओपनर दुर्गेश थापाको नटआउट शतकमा भोटेचौर स्पोर्ट्स क्लबले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हाँसिल गरेको छ । यस्तै दिनको अर्को खेलमा इन्द्रावती गाउँपालिकाले पनि पहिलो जित दर्ता गर्यो ।

मुलपानी क्रिकेट मैदानमा भोटेचौरले टस जितेर पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ब्याटिङको निम्तो दिएको थियो । हिमालयनले निर्धारित २० ओभर मा ५ विकेट गुमाई १४१ रन बनायो । पासाङ दोर्जे तामाङले ४४ बलमा ५१ रन बनाए भने राजु लामाले नटआउट ३६ बलमा ४४ रन जोडे ।

इन्द्रावती गाउँपालिकाको सूचना

जवाफी ब्याटिङमा दुर्गेशको नटआउट शतकमा भोटेचौरले ४ विकेट गुमाएर ४ बल बाँकी रहँदै लक्ष्य भेट्टायो । प्लेयर अफ द म्याच दुर्गेशले आफ्नो इनिङमा ६५ बलको सामना गर्दै १५ चौका र २ छक्का प्रहार गरे । कप्तान अरुण चौलागाईले २० रन जोड्दै साथ दिए ।

त्यस्तै दिनको पहिलो खेलमा इन्द्रावती गाउँपालिकाले प्रतियोगिताको पहिलो जित दर्ता गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको साँगाचोकले १५.४ ओभरमा अलआउट हुँदै मात्र ६६ रन बनायो । इन्द्रावतीले ८.२ ओभरमा आफ्नो २ विकेट गुमाउँदै जित दर्ता गर्यो ।

प्रतियोगिता पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा फागुन १२ गते देखि आयोजना भइरहेको छ ।

पाँचौ दिन बुधबार बिहान ९ बजे पाँचपोखरी हिमालयन क्रिकेट क्लब र ह्योल्मो एघार तथा दिउँसो १ बजे माइटी साँगाचोक र मेलम्ची नगरपालिकाबीच खेल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय