BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

काठमाण्डाै । बिनाेद नेपाल स्मृति फाउण्डेसनकाे आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डाैमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेकाे संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिए । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेकाे कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभाव लाई पुर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री गगन थापाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । रक्तदान कार्यक्रममा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

रक्तदान कार्यक्रममा मन्तब्य राख्दै पुर्वमन्त्री गगन थापाले यस कार्यक्रमले बिनाेद नेपाललाई सम्झने अवसर पनि भएकाे बताए । ‘विगतलाई सम्झने र जीवन अघि बढाउने कार्यक्रम यहि हाे’, थापाले भने । रक्तदान कार्यक्रममा सहयाेग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

फाउण्डेसनले बार्षिक रूपमा रक्तदान कार्यक्रम गर्दै आएकाे छ । समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेकाे फाउण्डेशनले जनाएकाे छ ।

बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय विनोद नेपालको सम्झनामा छात्रवृत्ति कार्यक्रम समेत सरू गरेको छ । मेलम्चीकाे इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय