BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ ।

बिहीवार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिइन ।

इन्द्रावती गाउँपालिकाको सूचना

हेलम्बु गाउँपालिका-५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

परिवारसंग बुधबार काठमाडौँ जान्छु भनेर हिडेकी उनी हेलम्बु गाउँपालिका-२ चिउरीखर्कस्थित खोला तर्दै गरेको अवस्थामा स्थानीयले देखेका थिए ।

लामो समयपछि पनि नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ । शव पोस्टमार्टमका लागि काठमाडौ पठाउन लागिएको तिमिल्सेनाले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय