BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

अमेरिकाको क्यालिफोर्निया शहरको स्यानफ्रान्सिस्कोमा नेपालीे रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेपाली र इन्डियन परिकार पाइने हिमालयन हब नामक रेष्टुरेन्ट संचालनमा आएको हो ।

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएर विगत लामो समयदेखि अमेरिकामा बस्दै विभिन्न क्षेत्रमा काम गरिरहेका समाजसेवी राम श्रेष्ठको लगानीमा सञ्चालनमा आएको रेष्टुरेन्टको बागमती प्रदेशका मन्त्री तथा नेपालका दर्जनभन्दा बढी कलाकारको उपस्थितीमा उद्घाटन गरिएको हाल अमेरिकामै रहेका यज्ञलाल श्रेष्ठले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

रेष्टुरेन्ट उद्घाटनमा अभिनेता तथा निर्माता एवम् बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, नेपाली सिनेजगतका सदावहार नायकहरु शिव श्रेष्ठ, भुवन केसी, सुपरस्टार अनमोल केसी, बरिष्ठ अभिनेता नीर शाह, सुनील थापा लगायत चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, नायिकाहरु केकी अधिकारी, आँचल शर्मा, नीति शाह, रिमा विश्वकर्मा लगायत ख्याति प्राप्त कलाकारहरुको उपस्थितीमा रेष्टुरेन्टको उद्घाटन भएको हो ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका श्रेष्ठले अमेरिकामा रहेको कासा ल्याटिना सुपरमार्केट, तिसा हिस्पानिक प्रोडक्ट वितरकको रुपमा काम गर्दै अहिले  श्रेष्ठ डिस्ट्रिबुटर सञ्चालन गरिरहेका छन । अमेरिकामा बसेर विभिन्न क्षेत्रमा व्यवसाय गर्दै सफल भएका श्रेष्ठले  अहिले हिमालयन हब नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।

उनको यो सफलता र सक्रियता अन्य नेपालीको लागी प्रेरणा हुने यज्ञलाल श्रेष्ठले बताए । श्रेष्ठ दम्पतीको निरन्तरको प्रयास र अथक मिहेनतले निकै उपलब्धि हासिल गरेको यज्ञको भनाइ छ ।

नेपालमा पनि विभिन्न सामाजिक, शैक्षिक, खेलकुद तथा विरामी भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेका विरामिहरुको उपचारमा सहयोग गर्दै आएका श्रेष्ठ अमेरिकामै रहेको मुक्तिनाथ धामको समेत बोर्ड अफ ट्रस्टी हुन । डिसेम्बर २१ शनिवार अमेरिकाको स्यानफ्रासिस वे एरियाको रिचमण्डमा हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४’ मा सहभागी हुन नेपालका ख्याती प्राप्त पुराना तथा नयाँ दर्जनौं सिने कलाकारहरु स्यानफ्रान्सिस्को पुगेको अवसरमा श्रेष्ठ दम्पतिद्धारा सञ्चालित रेष्टुरेन्टको उद्घाटन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय