
नवलपुर । इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आजबाट सुरू भएकाे श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा पुर्व गृहराज्यमन्त्री बिष्णु बिक्रम थापा र सम्भुबिक्रम थापाले नगद र जिन्सी गरि ९ लाख भन्दा बढी दान दिएका छन । गड्गडेधामकाे बिकास तथा संरक्षणका लागी साे सहयाेग प्रदान गरिएकाे हाे ।
भाई सम्भुबिक्रम थापा र बिष्णु बिक्रम थापा बाट साे सहयाेग प्राप्त भएकाे आयाेजकले जानकारी दियाे । आफु रहुन्जेल यस गाउँकाे लागि सधै सहयाेग गर्ने बताउँदै थापाले सबै धर्मलाई संरक्षण गर्न सबैलाई आग्रह गरे ।
थापाले यसअघि पनि विभिन्न सामाजिक काममा सहयाेग गर्दै आएका छन । ईन्द्रावती ६ कै संस्कृत माविलाई समेत उनले सहयाेग गरेका थिए ।
इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएकाे छ । पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।
गड्गडेधाममा १०८ गौमुखे ढुंगेधारा, ६४ शिवलिंग, मुक्तिनाथ मन्दिर, पितृ तीर्थ निर्माण गर्ने डिपिआर तयार भइसकेको छ । त्यस कार्यलाई पूर्णता दिन श्रीमद्भागवत महायज्ञको आयोजना गरिएको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले जानकारी दिए । कथा श्रवण गरी जन्मजन्मकाे पुन्य भागी बन्न अध्यक्ष आचार्यले सबै भक्तजनमा अनुरोध गरेका छन् ।