BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

नवलपुर । इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आजबाट सुरू भएकाे श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा पुर्व गृहराज्यमन्त्री बिष्णु बिक्रम थापा र सम्भुबिक्रम थापाले नगद र जिन्सी गरि ९ लाख भन्दा बढी दान दिएका छन । गड्गडेधामकाे बिकास तथा संरक्षणका लागी साे सहयाेग प्रदान गरिएकाे हाे ।

भाई सम्भुबिक्रम थापा र बिष्णु बिक्रम थापा बाट साे सहयाेग प्राप्त भएकाे आयाेजकले जानकारी दियाे । आफु रहुन्जेल यस गाउँकाे लागि सधै सहयाेग गर्ने बताउँदै थापाले सबै धर्मलाई संरक्षण गर्न सबैलाई आग्रह गरे ।

इन्द्रावती गाउँपालिकाको सूचना

थापाले यसअघि पनि विभिन्न सामाजिक काममा सहयाेग गर्दै आएका छन । ईन्द्रावती ६ कै संस्कृत माविलाई समेत उनले सहयाेग गरेका थिए ।

इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएकाे छ । पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।

गड्गडेधाममा १०८ गौमुखे ढुंगेधारा, ६४ शिवलिंग, मुक्तिनाथ मन्दिर, पितृ तीर्थ निर्माण गर्ने डिपिआर तयार भइसकेको छ । त्यस कार्यलाई पूर्णता दिन श्रीमद्भागवत महायज्ञको आयोजना गरिएको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले जानकारी दिए । कथा श्रवण गरी जन्मजन्मकाे पुन्य भागी बन्न अध्यक्ष आचार्यले सबै भक्तजनमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय