BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

गुफाडाँडा । “मेलम्ची समृद्धिकाे आधार कृषि, पर्यटन, उद्योग र जलाधार” भन्ने मुल नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन गरि आज पाँचौँ जलवायु दिवस कार्यक्रम गरिएकाे छ ।

पर्यटन प्रवर्द्वन र जलवायु अनुकुलताका लागि दिवसको कार्यक्रम गरिएकाे मेलम्ची नगरपालिकाले जनाएकाे छ । सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा(तामाङ)ले गरेका थिए ।

समुद्री सतहभन्दा २ हजार २५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे विज्ञले प्रस्तुतीकरण गरे । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्‍याएको असरबारे सचेत रहन र त्यसबाट बच्ने उपाय दिन दिवस मनाईएकाे नगरप्रमुख आईतमान तामाङले जानकारी दिए ।

सम्मेलनमा बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जलवायु परिवर्तन सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । प्रकृतीमैत्री जीवन जिउन आवस्यक रहेको भन्दै नेपालले भावि पुस्ताको जीवन सुरक्षित बनाउन अहिलेको व्यक्तिहरूले काम गर्नुपर्नेमा जाेड दिए । जलवायु परिवर्तनले गरेका असर र न्युनिकरणका उपायको बारेमा उनले कार्यपत्र मार्फत सम्मेलनमा प्रस्तुती दिए ।

सम्मलनका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेतिकाे लागी उपयुक्त हुने बताए । “हामीले प्रकृति लाई दोहन गरेका छौँ, प्रकृतिसंग हामी मिलेनौँ भने मानविय क्षति धेरै हुन्छ”, उनले भने “सडक बनाउँदा हामीले आइई र एआइ गरेको भन्छौँ तर त्यो डकुमेन्ट हेर्ने चलन छैन । हामीले डकुमेन्ट बनाउँछौ तर कार्यान्वयन गर्दैनौँ” उनले भने । लामाले मेलम्ची नगरपालिका संग ६०/४० प्रतिशतमा काम गर्न चाहेकाे बताउँदै यश क्षेत्रकाे समृद्विमा हातेमालाे गर्ने प्रतिवद्वता व्यक्त गरे ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको बताए । अति वृष्टि, अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेको भन्दै बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न उनले मुख्यमन्त्रीलाई आग्रह गरे । मानव जिवनशैली बाताबरणमैत्री हुनुपर्नेमा जोड दिँदै उनले सिन्धुपाल्चोकको बिकासमा हातेमालो गर्न तयार रहेकाे बताए ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले जलवायु परिवर्तनले रैथाने बालि नास भईरहेको बताएका छन । डोजरे बिकासले क्षति थोरै भएपनि जलवायु परिवर्तनले नै धेरै बिपत्ती निम्तिएको उनको भनाई थियो । “बिपद रोक्न सकिँदैन तर विपद बाट परेको असरको क्षति बिकसित र कार्वन उत्सर्जन गर्ने मुलुकले व्यहोर्नुपर्दछ”, उनले भने ।

मेलम्ची नगर प्रमुख आइतमान तामाङले प्रदेश संग ७०÷३० प्रतिशतमा काम गर्न तयार रहेको जानकारी दिए । जलवायु सम्मेलन मार्फत विश्व समुदायलाई सन्देश दिनुका साथै रोकथाम तथा न्युनीकरणका उपायको विषयमा खोजी गर्ने तामाङकाे भनाई छ । आगामी दिनमा प्रत्येक बर्ष जलवायु सम्मेलन आयोजना गर्नुका साथै अझ प्रभावकारी बनाउने उनकाे भनाई छ ।

मेलम्ची नगर उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य राख्दै जलवायु परिवर्तनले गर्ने असरलाई न्युनिकरण गर्न नसके भयावह अवस्था आउने बताइन । राज्यका सबै निकायले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन ।

आयोजक मेलम्ची नगरपालिकाले गुफाडाँडामा ७७ वटै जिल्लाको नाममा राष्ट्रिय झन्डा फहराएकाे थियाे । नगरपालिकाले कार्यक्रम स्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन लगायतका काम गरेकाे थियाे । टेन्ट र पार्किङ व्यवस्थापनका काम व्यवस्थित बनाइएको थियाे ।

२०७५ सालबाट जिल्ला समन्वय समितिले गुफाडाँडामा जलवायु सम्मेलन सुरु गरेको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु सम्मेलनको उद्घाटन गरेकि थिइन । सो समयमा ७७ जिल्लाका समन्वय प्रमुखहरू सहभागितामा जलवायु विज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । २०७९ बाट जिससले सो कार्यक्रमलाई निरन्तरता नदिएपछि मेलम्ची नगरपालिकाले जलवायु सम्मेलनलाई आयोजना गर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय