
सिन्धुपाल्चाेक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न प्रस्ताव गरेका छन ।
मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन २०८१ मा शुभकामना मन्तव्य राख्दै मन्त्री लामिछानेले एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । वरिपरि हिमाल देखिने भएकाले गुफाडाँडाकाे शाैन्दर्यता बढेकाे उनले बताए ।
बागमती प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा धेरै क्षति सिन्धुपाल्चाेकमा भएकाे स्मरण गर्दै उनले सिन्धुपाल्चाेककाे बिकासमा हातेमालाे गर्न तयार रहेकाे उद्घाेष गरे ।
अति वृष्टि, अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेकाे उनले बताए । जलवायु परिवर्तनका कारण सिर्जित समस्याकाे समाधान गर्न हाम्राे जिवनशैली बाताबरणमैत्री हुन जरूरी रहेकाे उनकाे भनाई छ ।