हेलम्बु । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) ले तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्र सुधारमा लाग्नु पर्ने बताएका छन ।
हेलम्बु गाउँपालिका वडा नम्बर -३ पाल्चोक स्थित जयबागेश्वरी माध्यमिक विधालयको ६१औं वार्षिकोत्सव तथा अभिभावक भेला लाई शनिबार सम्वाेधन गर्दै प्रमुख अतिथि रहेका तामाङले विद्यालयलाई आवश्यक सहयोग गर्न आफु तयार रहेको बताए । यस आर्थिक बर्षमा पाल्चोकमा ९-१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट बिनियोजन गरि विकासको काम गरिने उनले बताए ।
इन्द्रावती गाउँपालिकाको सूचना


यश आर्थिक बर्ष बजेट नपरेको स्थानलाई आगामी बर्ष ध्यान दिने बताउँदै तामाङले भने “खेलकुद मैदानको लागि आगामी बर्ष बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु” । खेल सामग्री केहिदिनमै सहयोग गर्ने बताँउदै अरुले सहयोग नगरे आफैंले विद्यालयकाे कम्प्युटर मर्मत लगायत काम गरिदिने बताए ।
कार्यक्रममा मन्तब्य राख्दै हेलम्बु गाउँपालिकाकि उपाध्यक्ष अप्सरा लामिछानेले पालिकाले ठूलो रकम शिक्षामा खर्च गरेको बताइन । विद्यालय अनुगमन संयोजक मार्फत स्कुलका समस्या यथार्थ आउने र त्यसको समाधान गरिने समेत प्रतिवद्वता ब्यक्त गरिन ।
