BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँतर्फ पानी पथान्तरण स्थानीयले रोक लगाएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट कात्तिक २० गते (बिहीबार) देखि पानी पथान्तरण रोकिएको हो।

आज बिहान मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आयोजनाको साइट कार्यालयमा ताला लगाउँदै माग पूरा नभएसम्म पानी पथान्तरण नहुने अडान सार्वजनिक गरेको छ।

इन्द्रावती गाउँपालिकाको सन्देश

 

संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईं का अनुसार, यसअघि भएका आन्दोलनमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको कारण स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन्।

पीडित र आयोजनाबाट प्रभावित स्थानीयले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण, बाढीअघि लिइएका ऋण मिनाहा, मृतक परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपूर्ति, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराउने, र नयाँ घर निर्माणका लागि २० लाख अनुदान लगायतका मागहरू अघि सारेका छन्।

संघर्ष समितिले १७ बुँदे मागपत्र सार्वजनिक गर्दै, ती मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौँ नपठाइने स्पष्ट चेतावनी दिएको छ।

स्थानीयले आज ‘सम्झौता कार्यान्वयन गर, मेलम्ची बाढीपीडित जिन्दावाद, पीडितका माग पूरा गर’ भन्ने नारासहित प्रदर्शन गरेका थिए।

यसअघि ०८१ असोज २३ गते संघर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच भएको सम्झौतामा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव ले स्थानीयका माग सम्बोधन गर्ने सहमति जनाउनुभएको थियो । तर, सम्झौता कार्यान्वयन नहुँदा स्थानीय फेरि आक्रोशित बनेका छन्।

स्मरण रहोस्, २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी किनारका बस्तीहरूमा ठूलो जनधनको क्षति पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय