BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँतर्फ पानी पथान्तरण स्थानीयले रोक लगाएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट कात्तिक २० गते (बिहीबार) देखि पानी पथान्तरण रोकिएको हो।

आज बिहान मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आयोजनाको साइट कार्यालयमा ताला लगाउँदै माग पूरा नभएसम्म पानी पथान्तरण नहुने अडान सार्वजनिक गरेको छ।

इन्द्रावती गाउँपालिकाको सूचना

 

संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईं का अनुसार, यसअघि भएका आन्दोलनमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको कारण स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन्।

पीडित र आयोजनाबाट प्रभावित स्थानीयले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण, बाढीअघि लिइएका ऋण मिनाहा, मृतक परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपूर्ति, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराउने, र नयाँ घर निर्माणका लागि २० लाख अनुदान लगायतका मागहरू अघि सारेका छन्।

संघर्ष समितिले १७ बुँदे मागपत्र सार्वजनिक गर्दै, ती मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौँ नपठाइने स्पष्ट चेतावनी दिएको छ।

स्थानीयले आज ‘सम्झौता कार्यान्वयन गर, मेलम्ची बाढीपीडित जिन्दावाद, पीडितका माग पूरा गर’ भन्ने नारासहित प्रदर्शन गरेका थिए।

यसअघि ०८१ असोज २३ गते संघर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच भएको सम्झौतामा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव ले स्थानीयका माग सम्बोधन गर्ने सहमति जनाउनुभएको थियो । तर, सम्झौता कार्यान्वयन नहुँदा स्थानीय फेरि आक्रोशित बनेका छन्।

स्मरण रहोस्, २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी किनारका बस्तीहरूमा ठूलो जनधनको क्षति पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय