BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका भित्र क्रियाशिल विभिन्न संघसंस्थाहरुले गरिरहेका काम,आगामी योजना,संभावना,अवसर र चुनौतीका बारेमा आआफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाले गरेका कार्य सम्पदाका बारेमा पालिका प्रशासकिय अधिकृत रामप्रसाद न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाले सन्तोष जनक काम गरिरहेको दावी गर्नुभयो ।

इन्द्रावती गाउँपालिकाको सूचना

उहाँले शिक्षा,स्वास्थ्य,पर्यटनका क्षेत्रमा गाउँपालिकाले गर्वगर्न लायक काम गरेको उद्घोष गर्दै शिक्षा र स्वास्थ्यमा जिल्लामा पहिलो भएको बताउनुभयो ।उहाँले हालसम्मका उपलब्धि र प्रगतिलाई निरन्तरता दिन आगामी बर्षहरुमा समेत अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले सबैको साथ,सहयोग,समर्थन एकमना र एकताका कारण गाउँपालिकाले आज सुविधा सम्पन्न अन्य पालिकाहरु संग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको जिकिर गर्नुभयो । अध्यक्ष लामाले कर्तव्यनिष्ठ भएर सेवा गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल,पालिकाका प्रवक्ता नारायण भट्टराई,वडा अध्यक्षहरु,विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय