BREAKING
प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न | प्रगतिको ३४औँ वार्षिकोत्सवका अवसरमा प्रगति बाल उत्सव समारोह–२०८२ सम्पन्न | अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिको सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न | पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न | ८३ वर्षीय वृद्ध हत्या घटनामा ३ भारतीयविरुद्ध मुद्दा दर्ता | हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानको खेतबाटै बजारसम्म उपज ढुवानी | नेकपा (एमाले) नै सर्बोत्कृष्ट पार्टी हो: हस्त पण्डित | भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो गौतम बुद्ध प्रतिमा निर्माणमा सुरेन्द्र सुनारद्वारा आर्थिक सहयोग |

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले न्यायिक समितिको भूमिका, काम–कर्तव्य र अधिकारबारे जनसाधारणलाई सहज र प्रभावकारी रूपमा जानकारी गराउन सडक नाटक प्रदर्शन कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन गरिने योजना रहेको र सोही अनुरूप आज बतासे, कुविण्डे र मेलचोैरमा नाटक देखाइएको न्यायीक सहजकर्ता करिष्मा सापकोटाले बताइन् । सापकोटाका अनुसार सडक नाटकमार्फत हिंसा, महिला तथा बालबालिकामाथि हुने दुव्र्यवहार, सामाजिक विवाद, उजुरी प्रक्रिया, स्थानीय तहले गर्न सक्ने मध्यस्थता र पीडितको पहुँचबारे सरल भाषामा प्रस्तुत गर्नु यस कार्यक्रमको मुख्य उद्देश हो । सर्वसाधारणहरूले पनि नाटकलाई निकै ध्यानपूर्वक अवलोकन गरेका गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक सीता थापाले जनसमुदायमा न्यायिक समिति र यसको भुमिका बारे कम जानकारी भएको बताउदै यस्ता चेतनामूलक नाटकले समुदाय सम्म न्यायीक समितिको काम कर्तव्य र अधिकार सम्बन्धि जानकारी प्रवाह गर्ने अपेक्षा रहेको बताउनुभयो ।

इन्द्रावती गाउँपालिकाको सूचना

त्यसैगरि न्यायिक समिति सदस्य रामशरण अधिकारीले अन्य तरिका बाट भन्दा नाटकीय ढंगबाट सुचना प्रवाह गर्दा बढी प्रभावकारी रहने बताउनुभयो । साथै उहाँले यो कार्यक्रम विगत तीन वर्षबाट सञ्चालन हुदै आएको र यस पटकको कार्यक्रम विद्यालय र विद्यार्थी केन्द्रित गर्ने निर्णयले यसलाई अझ प्रभावकारी र उपलब्धिमुलक बनाउने उद्देश रहेको बताउनुभयो ।

सडक नाटकमा ‘आवाज आर्ट क्रिएशन प्रा.लि.ले प्रस्तुति दिदै आएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रह्यो । कार्यक्रमले समुदायमा लैङ्गिक हिंसा रोकथाम र न्यायिक प्रक्रियाबारे थप सकारात्मक वातावरण बनाएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय