BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

हेलम्बु गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य निमा ग्याल्जेन शेर्पाले पार्टीभित्रै लोकतान्त्रिक प्रक्रियामा अवरोध गर्ने प्रवृत्तिबाट आफू नडराउने बताउनुभएको छ । पार्टीले आगामी चुनावमा भाग लिन गाउँपालिका,नगरपालिका  र प्रदेशमा बहाल रहेका जनप्रतिनिधि रोकिनुपर्ने चर्चा भइरहेका बेला अध्यक्ष शेर्पाले कुनै पनि कानुनले आफूलाई चुनाव लड्न निषेध नगर्ने स्पष्ट दाबी गर्नुभएको हो ।
“नेपाली कांग्रेसले हामी युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्न मिल्दैन। कुनै पनि नियम–कानुनमा हामीलाई चुनाव लड्न रोक्ने प्रावधान छैन, कसैले पनि रोक्न सक्दैन,” उहाँले भन्नुभयो । आफू चुनाव लड्न प्रतिबद्ध रहेको बताउँदै शेर्पाले, “यदि रोक्नै हो भने समान मापदण्ड सबैमा लागू होस्—संघीय सभासद् रहेका सबैलाई समेत रोक्नुस्। केवल छानेर केही व्यक्तिमाथि मात्र रोक लगाउने मनोमानी अब नचल्ने चेतावनी दिनुभयो ।
अध्यक्ष शेर्पाले आफू चुनावी होडबाट पछि नहट्ने स्पष्ट गर्दै पार्टीले जुनसुकै निर्णय गरे पनि आफ्नो लोकतान्त्रिक अधिकार छोड्न तयार नरहेको उल्लेख गर्नुभयो । “निमा ग्याल्जेन चुनाव लड्नबाट पछि हट्दैन। पार्टीले जसरी निर्णय गरे पनि गरोस्, मैले आफ्नो अधिकार कहिल्यै छोड्दिन,” उहाँले भन्नुभयो ।
गाउँपालिका तथा प्रदेशस्तरमा कार्यरत जनप्रतिनिधिहरूले चुनाव लड्न नपाउने प्रावधानबारे उठिरहेका प्रश्नप्रति प्रतिक्रिया दिँदै उहाँले सो सम्बन्धी कुनै पनि कानुन नभएको दाबी गर्नुभयो । “गाउँपालिका वा प्रदेशमा ‘बहाल रहेकाहरूलाई’ चुनाव लड्न नदिने प्रावधान कुन कानुनमा छ?” भन्दै शेर्पाले व्यवस्थापकीय स्पष्टता खोज्नुभएको हो ।
आगामी महासमिति तथा आन्तरिक संरचना पुनर्गठन प्रक्रियाअगाडि नेपाली कांग्रेसमा उमेदवारी सीमांकनका विषयमा चलिरहेको बहस बीच अध्यक्ष शेर्पाको यस्तो अभिव्यक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय