BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

सिन्धुपाल्चोक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।

राप्रपाको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत उम्मेदवार सिफारिस गरेको हो।

इन्द्रावती गाउँपालिकाको सन्देश

कार्यसमितिको बैठक तथा छलफलपछि उम्मेदवारहरूको नामावली प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।

प्रत्यक्ष तर्फ एक नम्बरमा पशुपति शम्शेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ । त्यस्तै कुमारी तामाङ, ई. गोपीकृष्ण चौलागाईं र देवराज गुरुङ पनि सिफारिसमा पर्नुभएको छ । राणा विगठित प्रतिनिधि सभाको हुनुहुन्थ्यो भने तामाङ हाल बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ ।  त्यस्तै इन्जिनियर चौलागाईं केन्द्रीय सदस्य (४० वर्षमुनि) हुनुहुन्छ भने गुरुङ क्षेत्रीय सचिव रहनुभएको छ।

यता समानुपातिकमा (खस/आर्य) तर्फ उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरिनेपाल सिफारिस हुनुभएको छ। त्यस्तै आदिवासी जनजाति कोटामा नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेष बहादुर तामाङ, हरि गुरुङ बहादुर तामाङ र अनिल तामाङ सिफारिस हुँदा समानुपातिक जनजाति महिलामा सम्झना भट्टराई माझी, हिरामाया तामाङ, सकुमाया गुरुङ र महिलातर्फ सुन्तली ढुंगेल तथा गोमा अधिकारी सिफारिस हुनुभएको छ ।

क्षेत्रीय अध्यक्ष कुमारी तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत उम्मेदवारहरूको नामावली जिल्लामा उक्त नामावली सिफारिस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय