BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

नेकपा एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा मनोनीत हुनुभएको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले सिन्धुपाल्चोकका देउजालाई प्रदेश सचिवमा मनोनीत गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश सचिव रहनुभएका नवराज सिलवाल केन्द्रीय सदस्यको उम्मेदवार बनेपछि उक्त पद रिक्त भएको थियो। पार्टी विधानअनुसार तल्लो कमिटीमा जिम्मेवारीमा रहेका व्यक्ति माथिल्लो कमिटीमा उम्मेदवार बनेपछि तल्लो तहको पद रिक्त हुने व्यवस्था छ।

इन्द्रावती गाउँपालिकाको सन्देश

नवनियुक्त सचिव देउजा यसअघि बागमती प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभएको थियो। पार्टी संगठन निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका देउजाको मनोनयनले प्रदेश कमिटीको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय