BREAKING
प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न | प्रगतिको ३४औँ वार्षिकोत्सवका अवसरमा प्रगति बाल उत्सव समारोह–२०८२ सम्पन्न | अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिको सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न | पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न | ८३ वर्षीय वृद्ध हत्या घटनामा ३ भारतीयविरुद्ध मुद्दा दर्ता | हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानको खेतबाटै बजारसम्म उपज ढुवानी | नेकपा (एमाले) नै सर्बोत्कृष्ट पार्टी हो: हस्त पण्डित | भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो गौतम बुद्ध प्रतिमा निर्माणमा सुरेन्द्र सुनारद्वारा आर्थिक सहयोग |

नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टीको ‘विशेष महाधिवेशन’मा जिल्लाबाट सहभागी हुन सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेको छ । सभापति जंगबहादुर लामाले एक विज्ञप्ती जारी गर्दै पौष २७ र २८ गते काठमाडौको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको हो । यस अघिनै सिन्धु कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरुले सभापति लामाको नेतृत्वमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरि बुझाइसकेका छन ।
सबैजना एक भएर विशेष महाधिवेशन सफल बनाउन लागी पर्न समेत सभापती लामाले आग्रह गर्नुभएको छ ।
काङ्ग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर लामाद्वारा जारी अपिलमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक चुनौतीहरूमाथि गम्भीर निर्णय लिन यो विशेष अवसर महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
अपिलमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको स्मरण गराउँदै ऐतिहासिक घडीमा प्रतिनिधिहरूको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र देशको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी भएको उल्लेख छ ।
जनताको आवाज र वर्तमान आवश्यकतालाई केन्द्रमा राख्दै अझ बढी एकतावद्ध, ऊर्जाशील र विश्वासयोग्य नेपाली कांग्रेस निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको विशेष महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सबै महाधिवेशन प्रतिनिधि तथा पार्टीपंक्तिलाई अनिवार्य उपस्थितिका लागि अपिल गरिएको छ ।
जिल्ला कार्यसमितिले सबैको सक्रिय सहभागिताबाट मात्रै नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने भन्दै लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि विशेष महाधिवेशनमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय