हेलम्बु , सिन्धुपाल्चाेक । सरकारले हेलम्बुकाे ब्यथा नदेखेकाे पुर्व मन्त्री शेर बहादुर तामाङले बताएका छन ।
हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नाे भनाईहरू राख्दै पुर्वमन्त्री तथा नेकपा एमालेका स्थाई कमिटि सदस्य तामाङले हेलम्बु – मेलम्चीकाे बाटाे तहसनसह भएकाे र यस क्षेत्रमा सरकारले चासाे नदेखाएकाे बताए । “सरकारले काठमाण्डाैमा पानीकाे धाराकाे टुटी खाेल्याे तर हेलम्बुकाे ब्यथा देखेन”, तामाङले भने ।
इन्द्रावती गाउँपालिकाको सूचना


“गुम्बा जति ठडाउँछाैँ त्यतिनै हाम्राे शिर ठडिन्छ”, तामाङले भने “सरकारले धरहरा बनाउन चासाे देखायाे तर गुम्बा निर्माणमा चासाे देखाएन” । भुकम्प र बाढीले हेलम्बुका धेरै कुराहरू क्षति भएकाे बताउँदै उनले गुम्वा उद्वाटन भएकाेमा खुसी ब्यक्त गरे ।
भुकम्प पछि सबै राजनीतिक दलहरू एक भएकाले नाकाेतेकाे गुम्बा निर्माण पनि अन्तिम चरणमा पुगेकाे उनले जानकारी दिए । हेलम्बुकाे बिकासकाे लागि २०,३० लाख बजेट मात्र हाल्ने काम भएकाे तर दिर्घकालिन रूपमा काम नभएकाे उनकाे भनाई छ । सबै राजनीतिक दल मिलेर हेलम्बुकाे बाटाे पिच गर्न तर्फ लाग्नु अहिलेकाे हेलम्बुकाे माग भएकाे उनले बताए ।
“हेलम्बु भनेकाे भगवान बस्ने ठाउँ हाे । सबै सरकार मिलेर याे ठाउँ बनाउनु पर्छ । दिर्घकालिन याेजना ल्याएर मात्र यहाँकाे बिकास सम्भब छ । यहाँका उत्पादित सामानहरू काठमाण्डाै पुराउन सकियाेस”, तामाङले भने ।
