नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती सृजनशिल युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बुढीचौर कप फुटबल प्रतियोगिता २०८० को आज शनिवार उद्वाटन भएको छ ।

इन्द्रावती गाउँपालिकाको सूचना


प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले रेफ्रि लाई बल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङको विशेष आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले युवाले चाहे गाउँको र देशको मुहार फेर्न सक्ने बताए । युवाहरू एक ढिक्का हुन सकेमा असम्भव केही नहुने उनले बताए । राजनितिमा युवाले थोरै मात्र अवसर पाएको उनकाे भनाई थियो । राजनीतिमा युवा आएमा मात्र देश र समाजको विकास सम्भव हुनेमा उनले जोड दिए ।

कार्यक्रमका विशेष अतिथी ईन्द्रावती गाँउपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले इन्द्रावती सृजनशिल युवा समाज इन्द्रावती कै सामाजिक संस्थाहरूको प्रेरक हुन सक्ने बताए । स्थापनाको एक महिना नबित्दै गाउँपालिका स्तरिय कार्यक्रम गर्न सकेकोमा प्रशंसायोग्य रहेको उनले बताए । वडा अध्यक्षहरूले पनि वडा अध्यक्ष कप फुटबल गरेर खेलाडीहरू उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै ईन्द्रावती गाँउपालीकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले पालिका स्तरिय खेल आयोजना गर्नु चुनौतीको कुरा भएकाले आफुले प्रशंसा गर्ने बताए । इन्द्रावतीका युवाहरूमा खेल प्रतिको आकर्षण बढ्दो रहेकाले गाउँपालिकाले यथोचित सम्बोधन गर्न जरूरी रहेको उनकाे भनाई छ ।

कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाली काँग्रेस इन्द्रावती गाँउपालिकाका सभापती तथा वडा नम्बर १० का पुर्व वडा अध्यक्ष जीवन कुमार थापामगरले खेलकुदले मानिसलाई सफल बनाउने बताए । देशमा धेरै राजनितिक खेलाडी भएको तर अनुशासीत नभएकोल देश नबनेको उनको तर्क थियो । खेलाडीहरु अनुशासित भएन भने क्षमताले मात्रै पनि सफल हुन नसकीनेमा उनले जोड दिए ।

उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले खेलकुदले ब्यक्तिलाई स्वस्थ र अनुशासित बनाउन खेल क्षेत्रको ठुलो भूमिका हुने बताए । खेललाई सभ्य र भब्य बनाउन सबै एक भएल लाग्न पनि उनले आग्रह गरे ।

यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले स्व स्फुर्त रूपमा सामाजिक संस्थाले खेल सञ्चालन गर्नाले खेलाडीको प्रतिभा प्रस्फुटन हुने बताए । खेल भनेको नियमित अभ्यासले सफल हुने भएकाले यस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने बताए । उनले खेलकुदको संस्थागत विकासको लागि सहजिकरण गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै इन्द्रावती सृजनशिल युवा समाजका सल्लाहकार मदन कुमार भट्टराईले संस्था खेल क्षेत्रका लागि मात्र नभई बहुपक्षिय सामाजिक कामको लागि स्थापित भएको जानकारी दिए । १ महिनाको अवधीमा संस्थाले गरेको काम सरहनीय रहेको उनले बताए ।

उद्घाटन खेल इन्द्रावती गाउँपालिका वडा नं ८ र सृजनशिल युवा समाज बि बिच भएको थियो । उद्वाटन खेलमा इन्द्रावती ८ ले ३ गोल गर्दै सृजनशिल युवा समाज बी लाई पराजित गरेको थियो ।

खेल ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा २१ टिम रहेका छन । खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नक आउट प्रकृया बाट खेलाइने इन्द्रावती सृजनशिल युवा समाजका सल्लाहकार मदन कुमार भट्टराईले जानकारी दिए ।

इन्द्रावती सृजनशिल युवा समाज द्वारा आयोजित प्रतियोगितामा इन्द्रावती गाँउपालिका वडा नम्बर १० को कार्यालय सह आयोजक रहेको छ । कार्यक्रम इन्द्रावती सृजनशिल युवा समाजका अध्यक्ष सुवास तामाङको अध्यक्षतामा भएको हो भने कार्यक्रम अजय पुर्कुटीले सञ्चालन गरेका थिए ।



