BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

नवलपुर । इन्द्रावती गाउँपालिका ४ स्थित टाकुरेमा आगलागी भएकाे छ । इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घर र कुखुराकाे टहरामा आगलागी भएकाे हाे ।

आगलागीका कारण अनुमानीत २३ लाख २७ हजार बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक कुमार चाैलागाईँले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

कुखुराकाे टहरामा भएकाे ग्याँस बुडर बाट आगाे सल्किएकाे अनुमान प्रहरीकाे छ । प्रहरी हाल घटनास्थलकाे निरिक्षण र अनुसन्धानमा जुटेकाे छ । ‘बिहान अन्दाजि ५ बजे घर संगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित ४ काेठाकाे घर जलेर नश्ट भएकाे छ’, चाैलागाईँले भने ।

आगलागी बाट १ हजार कुखुरा सहितकाे टहराे जलेर नश्ट भएकाे छ । त्यस्तै ४ काेठाकाे घर र घरमा रहेका सामानहरू जलेकाे उनले जानकारी दिए ।

मेलम्चीबाट आएकाे ससस्त्र प्रहरीकाे टाेलि, ईलाका प्रहरी कार्यालय नवलपुरकाे टाेलि र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा लिई बाँकि सामान निकालिएकाे बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय