BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

हेलम्बु ३ । सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका वडा नं ३  पाल्चाेकमा नेपालकै ठुलाे घण्ट बन्ने भएकाे छ ।

आज शनिवार एक कार्यक्रमका बिच प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलाे घण्टकाे शिलान्यास गरिएकाे हाे । पाल्चाेकमा निर्माण हुने घण्ट ६ हजार किलाेकाे हुने जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी दियाे ।

इन्द्रावती गाउँपालिकाको सूचना

हाल नेपालकै ठुलाे ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।

ठुलाे घण्ट निर्माणकाे लागी प्रमुख अतिथि प्रकास भुजेलले २० लाख २० हजार दिएका छन । ‘बाबाकाे तर्फबाट १० लाख, आमाकाे तर्फबाट १० लाख र मेराे तर्फबाट २० हजार सहयाेग गर्छु’, उनले भने । आजै भुजेलले २ लाख २० हजार नगर र १८ लाखकाे चेक समितिलाई हस्तान्तरण गरेका छन । ‘अब म जस्ताे सहयाेग गर्नेहरू लाईन लागेर आउनेछन’, भुजेलले भने ।

कार्यक्रममा मन्तव्य राख्दै पण्डित नारायण प्रसाद खनालले पाल्चाेक सम्म आउने बाटाे राम्राे बनाउन पर्ने बताए । ‘यहाँ खानेबस्ने राम्राे व्यवस्था हाेस’, उनले भने ‘यसले पर्यटन प्रवर्द्वन लाई टेवा पुग्ने छ । ९ वटा देविहरूकाे पुजा गरेर नवाहा ज्ञान महायज्ञ समेत गरिने खनालले जानकारी दिए ।

घण्ट बनाउन ३ कराेड ३० लाख खर्च लाग्ने आयाेजकले बताएकाे छ । श्री जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मुल समितिकाे आयाेजनामा भाेलि बाट फागुन ६ गते आइतवार सम्म नवाहा ज्ञान महायज्ञ पं श्री राम कृष्ण सुवेदी तथा श्री नारायण प्रसाद खनालकाे मुखारविन्दुवाट हुनेछ ।

पाल्चाेकमा नेपालकै ठुलाे घण्ट निर्माणकाे लागि बिष्णु बहादुर बराइलीले ५ लाख सहयाेग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन । त्यस्तै प्रकास मानव सेवा आश्रमका अध्यक्ष श्याम खड्काले १ लाख ५ हजार सहयाेगकाे प्रतिवद्वता व्यक्त गरेका छन । सहयाेग आउने क्रम जारी रहेकाे घण्ट व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय