BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । सडक दुर्घटनामा मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ पाँच लाख पन्ध्र हजार प्रदान गरिएकाे छ ।

विभिन्न समुह एवम् ब्यक्तिहरुबाट संकलित पाँच लाख पन्ध्र हजार रुपैयाँ नाबालिका नेहारिकाकि आमा र हजुरआमा ( स्व .नबिनकि आमा) को संयुक्त संरक्षकत्व रहने गरि नेहारिकाको शैक्षिक उन्नयनमा खर्च गर्नको लागी रकम हस्तान्तरण गरिएको हाे ।

नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक संकलन अभियान सुरू गरेकाे थियाे । स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डेकी नाबालिग छोरी नेहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो ।

स्वर्गीय पाण्डेको ६ वर्षीय छोरी निहारिका पाण्डेको शिक्षा दीक्षा र परिवारको आर्थिक स्थिती उकास्नका लागी सुरु गरिएको अभियानमा विभिन्न ब्यक्ति तथा संघ संस्थाहरु बाट सहयोग प्राप्त भएको नेकपा एमाले मेलम्ची नगर कमिटिका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिए । स्वर्गीय पाण्डेको आमा, श्रीमती र एक छोरी छन् ।

गत भदौं ३० गते चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङको मृत्यु भएको हो । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय