सिन्धुपाल्चाेक । हेलम्बु गाँउपालिकाको २ स्थानमा आज स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
हेलम्बु -२ किउलमा नि :शुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनौट शिविर सम्पन्न भएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिदुर जोतिले जानकारी दिए । शिविरमा ८४ जनाले सेवा लिएका थिए ती मध्य ८ जनालाई मोतिविन्दु भएको पाइएको उनले बताए ।

उनिहरुलाई मेलम्चीमा फागुन ६ र ७ गते हुने नि: शुल्क मोतिया विन्दुको शल्यक्रियाको लागि प्रेषण गरिएको छ ।
त्यसै गरि हेलम्बु ४ चिलाउनेघारिमा आयोजना भएको शिविरमा आज ३१६ जनाले सेवा पाएका छन । उक्त शिविरमा साधारण चेक जाँच, भिडियो x ray सेवा, अक्कुपन्चर सेवा, दाँत निकाल्ने सफा गर्ने, सामान्य शल्यक्रिया, हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि शुल्क विमा र नि शुल्क औषधी वितरण गरिएको आयोजकले जनाएको छ ।
यो शिविर भने भोलि पनि चल्ने जोतिले जानकारी दिए ।

