सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ६०४ जनाले सेवा लिएका छन । हेलम्बु गाउँपालिकाको आयोजना तथा कोरिया नेपाल मैत्री अस्पतालका डाक्टरहरुको प्राबिधिक सहयोग तथा डुनामिस चर्च हेलम्बुको समन्वयमा आइतबार र सोमबार स्वास्थ्य शिविर गरिएको हो ।
हेलम्बु -४ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको उक्त शिविरमा साधारण चेक जाँच, भिडियो एक्सरे सेवा, अक्कुपन्चर सेवा, दाँत निकाल्ने सफा गर्ने, सामान्य शल्यक्रिया, हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि शुल्क विमा र नि शुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिदुर जोतिले जानकारी दिए ।

हर्निया, हाइड्रोसिल लगायत शल्यक्रिया गर्नु पर्ने १८ जनालाई बिमा बापतको प्रती ब्यक्ती रु ३५०० प्रदान गरिने जोतिले बताए । हेलम्बुका ८ र मेलम्चीका १० जनालाई बिमा गरे पश्चात् उक्त रकम दिइने उनको भनाइ छ ।
