BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

टाकुरे, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका ४, स्थित टाकुरेमा आगलागीबाट पिडित शिक्षक सावित्री गजुरेलको परिवारलाई नेपाल राष्ट्रिय शिक्षक संङ्गठन जिल्ला समिति सिन्धुपाल्चोकको समन्वयमा सङ्कलित दुइ लाख सत्तरी हजार एक सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

संगठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ एवं नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ सहित जिल्ला सहित संगठनका जिल्ला समितिका पदाधिकारीहरुले सामुहिक रुपमा आज उक्त संकलित रकम हस्तान्तरण गरिएको हो । गत हप्तादेखि जिल्ला समितिको समन्वयमा राहत सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

एउटा शिक्षकमाथी परेको विपदमा साथ दिनु अरु शिक्षकको पनि जिम्मेवारी भएकोले जिल्ला समितिको निर्णय अनुसार सहयोग संकलन अभियान सञ्चालन गरिएकोमा जिल्लाका झण्डै डेढ सय शिक्षकहरुमार्फत संकलन भएको सहयोग हस्तान्तरण गरिएको संगठनका जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय