BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निशुल्क आँखा शिविरमा १३९ जनाको शल्यक्रिया गरिएको छ ।

मेलम्ची नगरपालिकाको वडा नम्बर ४ पिप्लेमा भएको शिविरमा १९० जना, मेलम्ची ७ मा १५० जना, मेलम्ची ११ मा १६६ जना, इन्द्रावती १२ भिमटारका ११६, हेलम्बु गाउँपालिका वडा नम्बर २ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्साका १८४ र तिपेनीका १७२ गरि १ हजार ५१ जनाले सेवा लिएका थिए ।

सेवा लिएका मध्य १२२ जनामा मोतियाविन्दु फेला परेका र अन्य गरि १३९ जनाको मोतियाबिन्दुको सल्यक्रिया गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिए । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सुष्मा दुवालको टोलिले विरामिहरुको सल्यक्रिया गरेकि थिइन ।

मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धीत पालिकाहरुको समन्वयमा शिविर सञ्चालन गरिएको भट्टले जानकारी दिए । शिविरमा जाँचगर्न आएका विरामिहरुलाई मेलम्ची नगरपालिकाले जाउलोको ब्यबस्था गरेको थियो भने इन्द्रेश्वरी माध्यमिक विद्यालयले बसोबास र भोलिन्टियर तथा जिल्ला रेडक्रस सोसाइटिले कम्बलको ब्यबस्था गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय