BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेपाल बुद्धिजीवी परिषद बागमती प्रदेशको नवौं विस्तारित बैठक तथा “समृद्ध बागमतीका आधार एवम् योजना“ सम्बन्धी विचारगोष्ठी मेलम्चीमा सम्पन्न भएको छ । बागमती प्रदेशका १३ जिल्लाकै बुद्विजीवी व्यक्तिहरू कार्यक्रममा सहभागी थिए । नेकपा एमालेले अघि सारेका नितिहरूको बारेमा गोष्ठीमा छलफल भएको नेपाल बुद्विजीवी परिषद सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बक्ताहरूले बागमती समृद्विका आधार र सम्भावनाको बारेमा धारणा राखेका थिए । कृषि, पर्यटन, जलस्रोत र उद्योग नै समृद्विको आधार भएको अधिकांशले दावि गरेका थिए ।  गोष्ठीमा बुद्धिजीवी परिषदका सदस्यहरू, नेकपा एमालेका सुभचिन्तक लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बुद्विजीवी परिषदका कन्द्रिय समिति अध्यक्ष दिनेशचन्द्र देबकोटाले चैत्रको अन्तिममा कन्द्रिय अधिवेशन हुने जानकारी दिए ।

७७ जिल्ला, ७ प्रदेश र केन्द्रमै समिति रहेको भन्दै एमालेले सुरुवात गरेका जनतामुखी कार्यक्रमहरुको प्रचार गर्नुपर्नेमा उनले जाेड दिए । राष्ट्रमा ठुला मेघा प्रोजेक्टहरू एमालेको नेतृत्वमा आएको भन्दै देबकोटाले २०५०–५२ सालमा मनमोहन को पालामा सामाजिक सुरक्षाको अवधारणा ल्याएको बताए ।

त्यस्तै नेकपा एमालेका स्थाई कमिटि सदस्य शेरबहादुर तामाङले उर्जाले देश समृद्व बन्न सक्ने आधार प्रस्तुत गरे । उनले एउटा निर्णय गरेर विश्वभरको लगानी भित्राउन सकेमा देश समृद्व बन्ने दावि गरे । एमालेले जनतालाई निशुल्क बिजुली दिने नीति ल्याउन जरूरी रहेको भन्दै पूर्व मन्त्री समेत रहेका तामाङले अब विश्व ईभिमा गएका कारण पेट्रोल डिजेलको जमाना विस्तारै हराउन थालेको बताए ।

बुद्विजीवी परिषद बागमती प्रदेश समितिका अध्यक्ष प्राध्यापक डाक्टर ईश्वर कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा काइरालाले बिचार गोष्ठीमा गरेका कुरा मनन गरेर आफ्नो क्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिए । समृद्विका सुचकको बारेमा व्याख्या गरेर अघि बढ्न उनले सुझाव दिए। बुद्विजीवी बर्गले सरकारलाई घचघच्याउनुका सागै नेतृत्वलाई सहि सल्लाह दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल बुद्विजीवी परिषद केन्द्रीय सचिव दिपेन्द्र श्रेष्ठले समृद्व बागमतीका आधार तथा योजनाको कार्यपत्र प्रस्तुत गरे । उनले बागमतीको समृद्वि समग्र देशको समृद्वि हुने भन्दै समृद्विको आधार कृषि, पर्यटन, जलस्रोत र उद्योग भएको बताए । बुद्विजीवी परिषद सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले बागमती प्रदेशको निर्देशन अनुसारका कार्यक्रम गर्दै आएको भन्दै सबै जिल्लाका बुद्विजीवीलाई मेलम्चीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय