BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो ।

वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने भएको हो । चार सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको नाम पनि सूचीमा छ ।

बिहीबार नै सभापति कप फुटबल र दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको घोषणा भएको छ । फुटबल माघ १० देखि १७ गतेसम्म काठमाडौंमा तथा तेक्वान्दो माघ १८-१९ मा कैलालीको धनगढीमा हुनेछ ।

समावेशीका आधारमा सबै नामलाई समेटेर राखिएको कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए । ‘३६ जना प्रजातन्त्र स्थापनाका लागि लडेका, वैचारिक रुपमा लडेका, हिमाल, पहाड तराई बस्तीका व्यक्तिहरु समावेश गरिएको छ’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय