चर्चित लोकगायिका शान्तिश्री परियारसँग उदीयमान गायक सहदेव गिरीले नयाँ लोककोसेली बजारमा ल्याएका छन् । ‘कचौरामा दही’ बोलको लोकगीत हालै सार्वजनिक गरिएको हो । यस गीतमा शब्दसंयोजन नवराज गौतमले गरेका छन् । इन्द्रावती इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सो लोकगीतको लय सिर्जना ओम छिनालले गरेका हुन् भने विष्णु तामाङ एजेन्जर रहेका छन् ।

म्युजिक भिडियोमा कृष्ण श्रेष्ठ र आयुषा कार्कीको अभिनय रहेको छ । अहिले बजारमा थुप्रै लोकगीत सार्वजनिक भए पनि यस गीतले लोकगीत पारखीको मन जित्नेमा गायक सहदेव गिरीे विश्वस्त रहेको बताउँछन् । सहदेवले यसअघि पनि भूमिका गिरीसँग ‘कति मजा मजा’ बोलको लोकगीत बजारमा ल्याएका थिए । https://www.youtube.com/watch?v=Q0Vtj4p3VSU&list=RDQ0Vtj4p3VSU&start_radio=1



