BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

पाँचपोखरीको भोटेनाम्लाङ्गमा नाम्लाङ्ग चिलिङ जात्रा तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । धर्म, भाषा, संस्कृति हाम्रो पहिचान, नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण गर्नु हामी सबैको अभियान, भन्ने मूल नारा बोक्दै आज पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङ्गमा जात्राका साथै वृहत सांस्कृतिक कार्यक्रम भएको हो ।

उक्त सांस्कृतिक कार्यक्रममा चर्चित सेलो गायक आस्मान लोप्चन, सेलो गायिका रोशना लुङ्बा, दोहोरी गायिका गीता योञ्जन, सेलो गायिका पूजा बम्जन, खन्दोके गायक प्रेम योञ्जन र हाँस्या कलाकार विशाल तामाङको टोलीले मनोरञ्जन प्रदान गरे । साथै नाम्लाङ लगायतका स्थानिय झाँक्री प्रस्तुति पनि थियो ।

नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले समिरले यस बर्ष धेरै बजेट परेको बताँउदै छुटेका स्थानमा आगामी बर्ष बजेट बिनियोजन गर्ने बताए । उनले भोटेनाम्लाङको विद्यालय, सडक, शिक्षा लगायतमा आगामी बर्ष थप बजेट ल्याउने प्रतिबद्धता जनाए । उनले सँस्कृती जोगाउन आफुले पनि सहयोग गर्ने बताए ।

यस स्थानमा प्रत्येक वर्षको माघ १ गतेका दिन ठूलो मेला लाग्ने गर्दछ। यस चिलिङ मन्दिरमा दर्शन गर्नका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय