गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। छलफलपछि डा मल्ललाई निमित्तको जिम्मेवारी दिइएको थियो।

