BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । नेपाल तामाङ घेदुङ हेलम्बु गाउँपालिका कार्यसमिती गठन भएको छ । नेपाल तामाङ घेदुङ जिल्लाको निर्देशन अनुसार बुधवार थुप्तेन ग्याल्बो लामाको प्रमुख अतिथ्यतामा उक्त कार्यसमिती गठन हेलम्बुमा सम्पन्न भएको हो ।

नेपाल तामाङ घेदुङ हेलम्बु गाउँपालिकाको अध्यक्षमा सुनिल दोङ तामाङ सर्वसम्मतिले चयन भएका छन भने सचिवमा  मान बाहादुर तामाङ, कोषाध्यक्षमा आइती तामाङ चयन भएको  मेलम्ची नगर समिती अध्यक्ष ओम वाइबाले जानकारी दिए ।

साथै नेपाल तामाङ धेदुङ  मेलम्ची नगर समिती गठन गरिएको छ । नेपाल तामाङ धेदुङ जिल्लाको निर्देशन अनुसार आज मेलम्ची नगर पालिकामा सिन्धुपाल्चोक जिल्ला नेपाल  तामाङ धेदुङ का उपाध्यक्ष  थुप्तेन ग्याल्बो तामाङ्को अथित्यतामा भेला गरिएको हो । नगर भेलाबाट अध्यक्ष ओम वाइबा तामाङ, उपाध्यक्ष सोम तामाङ, उपाध्यक्ष विशाल तामाङ, कोषाध्यक्ष पुजा तामाङ, सचीव बिकास तामाङ थीङ्ग, सहसचिव कविता तामाङ लगायत चयन भएको ओम वाइबाले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा सुरेश तामाङ, रिकेस वाइबा, सोम तामाङ, प्रबिन तामाङ चयन भएका छन्  । अन्य सदस्य पछि थपिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय