सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाद्वारा आयोजित एकिकृत घुम्ती शिविर मेलम्ची ४ थकनी स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । शिविरबाट वडा नम्बर १,२,३,४र५ गरी सिन्धुभ्यालीका ४ सय जना नागरिकहरुले लाभ लिएका छन् ।
शिविरको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले नगरपालिकाले जनताले खोजेके सेवा दिएकोमा खुशि लागेको बताए । स्थानिय सरकार भनेको सबैभन्दा नजिकको सरकार भएकाले यस्ता कार्यक्रमले जनस्तरमा महत्वपुर्ण सहयोग पुग्ने उनलेबताए ।

कार्यक्रमका अध्यक्ष एवम् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले सबै वडाका नागरिकहरुलाई सहज पहुँचमा स्वास्थ्यपचार पुर्याउने उद्धेश्यले शिविर आयोजना गरिएको बताए । पहिलो चरणमा थकनीमा शिविर गरेतापनी अन्य भेगमा पनि क्रमश हुने नगरप्रमुख तामाङले जानकारी दिए ।
शिविरको अवसरमा २८ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण र ३ जनाको अपांगता परिचयपत्रका लागि आवेदन संकलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । शिविरमा आयुर्वेद सेवा समेत प्रदान गरिएको थियो ।
