काठमाडौँ —पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मूलपानी क्रिकेट मैदानमा मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा ९६ रनमा अलआउट भयो ।
इन्द्रावती गाउँपालिकाको सूचना


पाँचपोखरीले १९.२ ओभरमा ७ विकेट गुमाई लक्ष्य पूरा गरेको थियो । पाँचपोखरी समूह ‘बी’ विजेता तथा मेलम्ची उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।
अर्को खेलमा ह्योल्मो–११ ले भोटेचौर स्पोर्ट्स क्लबमाथि ९ विकेटको जित पायो । नाम्गिल शेर्पाको उत्कृष्ट ब्याटिङमा ह्योल्मोले १ सय २० रनको लक्ष्य १७ ओभरमा पूरा गर्यो । यसअघि भोटेचौरले ९ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो ।
ह्योल्मो–११ समूह विजेता र हिमालयन क्रिकेट क्लब उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा फागुन १२ देखि मूलपानीमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने सेमिफाइनलमा ह्योल्मो–११ र मेलम्ची नगरपालिका तथा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लबबीच हुनेछ ।
