BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा.वि.ले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत र ७ कास्य सहित कुल २८ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने बालसुधार माध्यमिक विद्यालय दुवाचौरले ७ स्वर्ण र ३ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।
मेलम्ची नगरपालिका भित्रका २३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो। ।

t3-1768046759.jpg
समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासन, प्रतिस्पर्धा र नेतृत्वको भावना विकास गर्न सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । आगामी दिनमा उनीहरूलाई प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागिता जनाउन प्रेरणा मिल्ने बताउनुभयो ।

ind-1768046783.jpg
त्यसैगरी कार्यक्रमका सभापति तथा मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलका प्रधानाध्यापक दिनेश बस्नेतले विद्यालयस्तरमै खेलकुदको आधार तयार गर्न राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । प्रतियोगिताको सफल बनाउन महत्वपुर्ण भूमिका खेल्ने सहभागि विद्यालय शिक्षक, विद्यार्थी तथा सहयोगिहरुलाई धन्यवाद दिइएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्र,वडा नम्बर ६का अध्यक्ष प्रेमबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

bal-1768046815.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय