BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद भएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगीताको उपाधी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ ।

दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधी हात पारेको हो । प्रतियोगीतामा जिरी नगरपालिका उपविजेता बनेको छ भने तृतिय सिन्धुलीको कमलामाई नगरपालिका भएको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगीतामा बागमती प्रदेश भित्रका १४ वटा पालिका टिमको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार र तृतिय हुने टिमलाई ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय