BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

 

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको तेस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ , नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षार्थिमध्ये एक जनालाई १ जनालाई अरेन्ज, ५ जनालाई ब्राउन , ११ जनालाई पर्पल,३ लाई ग्रीन, ७ जनालाई एल्लो बेल्ट र ३ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो । बेल्ट प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष तामाङले सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो ।

May be an image of martial arts and dancing

उहाँले अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिदैँ आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले बिद्यालयला क्लबका पदाधिकारी तथा बिभिन्न समुह र क्लासका टोली नेता तथा उपनेता हरुलाई बधाई समेत ज्ञापन गर्नुभयो ।
कराँतेको सहजिकरण विजय तामाङ र चन्द्र तामाङले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजयकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम प्रिन्सिपल ऋषिराम नेपालले सञ्चालन गर्नुभएको थियो ।

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय