BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं १२ का दुईवटा विद्यालयमा शैक्षिक अभियान्ता मोहन गिरीले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन । आज एक कार्यक्रमका बीच गिरीले २३० शिक्षक विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा एक एक वटा वाटर डिस्पेन्सर प्रदान गरेका हुन ।

इन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको हो । दुईवटा विद्यालयका शिक्षक र विद्यार्थी गरी कुल २३० जनालाई न्यानो कपडा वितरण गरिएको गिरिले जानकारी दिए । दुईवटा विद्यालयका विद्यार्थी तथा शिक्षकलाई एकै ठाउँमा भेला गरी वाटर डिस्पेन्सर पनि वितरण गरिएको हो ।

इन्द्रावती गाउँपालिकाको सूचना

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्रबहादुर दनुवारले आफूले जितेर आएपश्चात शिक्षामा आमूल परिवर्तन भइहालोस् भन्ने अपेक्षा रहेको र नतिजा आउँदा निराश भएको बताएका छन । समाजसेवी गिरीले गरेको शैक्षिक अभियानले इन्द्रावतीमा शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्ने उनले बताए । वडाध्यक्ष दनुवारले वडाको शैक्षिक गुणस्तर सुधारको लागि वडा तथा पालिका तहबाट आफूले सक्दो काम गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले २०८३ सालसम्म इन्द्रावती गाउँपालिकामा रहेका सबै विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए । हालसम्म २३ वटा विद्यालयमा शैक्षिक सामग्री तथा न्यानाे कपडा वितरण गरिसकिएको छ । शैक्षिक क्षेत्रमा सुधारको लागि पोशाकले पनि ठूलो भूमिका खेल्ने गिरीकाे भनाई छ ।

हाल सम्म ईन्द्रावतीका ४८०० भन्दा माथि विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरिसकिएको छ । साथै ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत अभियन्ता माेहन गिरिले उपलब्ध गराएका छन । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्दै आएका छन ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ढोटार आधारभूत विद्यालयका प्रधानाध्यापक माधव न्यौपानेले मनको धनी मोहन गिरीले विद्यालयलाई गरेको सहयोगले शिक्षण सिकाईमा सहयोग पुग्ने बताए । त्यस्तै विद्यालयमा शिक्षण सिकाइका लागि पर्याप्त कक्षा कोठा नभएकोले थप दुईवटा कक्षाकोठा निर्माणका लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शुरेन्द्र बहादुर दनुवार लाई उनले अनुरोध गरे । साथै विद्यालयमा शिक्षण सिकाइलाई सहज बनाउन एकवटा ल्यापटप र फोटोकपी मेसिन आवश्यकता रहेकोले सहयोगको लागि उनले अपिल समेत गरे ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै इन्द्रावती आधारभूत विद्यालयका प्रधानाध्यापक माधवप्रसाद नेपालले बालबालिकाहरू काम्दै विद्यालय आउनुपर्ने स्थितिलाई मध्यनजर गर्दै विद्यालयमा न्यानो कपडा वितरण हुनु खुसीको कुरा भएको बताए । इन्द्रावती गाउँपालिकामा रहेका कुनै पनि विद्यालयलाई विभेद नगरिकन सबै विद्यालयले यो सहयोग पाउनु गर्वको कुरा भएको उनकाे भनाई छ । बालुवा चालेर जीवन धान्ने माझी तथा दनुवार समुदायका बालबालिकाहरूलाई गरेको सहयोगले विद्यालयको पठनपाठनमा थप सहयोग पुग्ने उनले विश्वास लिए ।

दुईवटा विद्यालयमध्ये कार्यक्रम भने ढोटार आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा माझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय