BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

काठमाण्डाै । विपत्‌मा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका क्षेत्रमा क्रियाशील रेडक्रसकर्मी भरतप्रसाद कोइराला सम्मानित भएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालालाई हेल्प नेपाल नेटवर्क नामक संस्थाले सम्मान गरेको हो।

२०७२ सालको महाभूकम्पपछि उनी नेपाल रेडक्रस सोसाइटीबाट स्वयंसेवीका रूपमा खटिँदै आएका छन्। मेलम्चीको बाढी, जाजरकोट र पश्चिम रुकुमको भूकम्प, यसै वर्ष आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरुलाई तुरुन्त राहत पुऱ्याउन पनि कोइरालाले सक्रियता देखाएका थिए।

इन्द्रावती गाउँपालिकाको सूचना

कोइरालाले भने, ‘यो मेरो मानवीय सेवामा लाग्ने प्रेरणा र हौसला हो। यसले मलाई विपद्मा परेका नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनामा थप उत्साहित बनाएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय