BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाले गुफाडाँडालाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेकाे गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार तथा ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले बताएका छन ।

मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन २०८१ मा शुभकामना मन्तव्य राख्दै तामाङले गुफाडाँडा देश तथा बिदेशमा चर्चाकाे बिषय भएकाे उल्लेख गरे । मेलम्ची नगरपालिकाले पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर पर्यटकिय क्षेत्र बनाउन सकेमा यहाँका स्थानियकाे राेजगारीकाे सृजना गर्न सकिने धारणा राखे ।

इन्द्रावती गाउँपालिकाको सूचना

नेपाल सरकारले जलवायु परिवर्तनले नेपालमा परेकाे असरकाे बारेमा अन्तर्राष्ट्रिय सन्धिमा उठाएका कुरा लागू हुनुपर्ने उनले बताए । गुफाडाँडामा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन केन्द्र बनाउन नगरपालिकालाई आग्रह गरे ।

यश ठाउँमा बिश्वभरका व्यक्तिहरू बाेलाएर बहस गर्न सकेमा सम्मेलनले सार्थकता पाउने उनले विश्वास व्यक्त गरे । बिकसीत मुलुकले गरेकाे औद्याेगिकरणका कारण कार्वन उत्सर्जन भई जलवायु परिवर्तन भएकाे उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय