
सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाले गुफाडाँडालाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेकाे गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार तथा ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले बताएका छन ।
मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन २०८१ मा शुभकामना मन्तव्य राख्दै तामाङले गुफाडाँडा देश तथा बिदेशमा चर्चाकाे बिषय भएकाे उल्लेख गरे । मेलम्ची नगरपालिकाले पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर पर्यटकिय क्षेत्र बनाउन सकेमा यहाँका स्थानियकाे राेजगारीकाे सृजना गर्न सकिने धारणा राखे ।
नेपाल सरकारले जलवायु परिवर्तनले नेपालमा परेकाे असरकाे बारेमा अन्तर्राष्ट्रिय सन्धिमा उठाएका कुरा लागू हुनुपर्ने उनले बताए । गुफाडाँडामा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन केन्द्र बनाउन नगरपालिकालाई आग्रह गरे ।
यश ठाउँमा बिश्वभरका व्यक्तिहरू बाेलाएर बहस गर्न सकेमा सम्मेलनले सार्थकता पाउने उनले विश्वास व्यक्त गरे । बिकसीत मुलुकले गरेकाे औद्याेगिकरणका कारण कार्वन उत्सर्जन भई जलवायु परिवर्तन भएकाे उनले बताए ।