BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा जारि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञकाे चाैथाे दिन ५ लाख भन्दा बढी नगद दान प्राप्त भएकाे छ । अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने उदेश्यले भइरहेकाे महायज्ञमा भक्तजनहरूकाे उत्साहजनक सहभागिता रहेकाे आयाेजक गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिले जनाएकाे छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

हरेक दिन बाक्लाे संख्यामा भक्तजनले सहभागीता जनाई कथा श्रवण गर्ने, सकेकाे दान दिने कार्य भईरहेकाे समितिका सचिव कृष्ण प्रसाद काेइरालाले जानकारी दिए । चाैथाे दिन सम्ममा भक्तजनबाट २१ लाख भन्दा बढी दान संकलन गरिएकाे उनले बताए ।

महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन भईरहेकाे छ । महायज्ञमा विभिन्न पण्डितहरूले कथा वाचन गरिरहेका छन । श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले कथा श्रवण गरी जन्मजन्मकाे पुन्य भागी बन्न सबै भक्तजनमा अनुरोध गरे ।

श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिको उदेश्य रहेको छ । यश स्थानलाई पितृ तीर्थको रूपमा बिकास गर्दै धार्मिक ऐतिहासिक र पुरातात्विक गरिमालाई बिकास गर्ने लक्ष्य राखिएको छ ।

चाैथाे दिन ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङकाे प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै तामाङले यस ठाउँकाे महिमा हेर्ने हाे भने मुक्तिनाथ पनि यहिँ रहेकाे उल्लेख गरे । “नाैलिङ्ग महादेव पनि यहि रहेछ, यसकाे प्रचार गराैँ”, उनले भने । ऐतिहाँसिक प्रसङ्गलाई जाेड्दै निवर्तमान अध्यक्ष तामाङले हाम्राे पुराण र गितामा भएकाे कुरा लाई लिएर पुस्प विमान बनाएकाे बताए ।

महिलाहरूले महिमा बाचन गर्न हुँदैन भन्ने प्रचार गरिएतापनि अहिले महिलाहरू किरिया बस्न थालिसकेकाे उनले बताए । “हाम्राे धर्मले मानव कल्याण कसरी गर्छ त्याे महत्वपुर्ण छ”, तामाङले भने “ज्ञानकाे भण्डारलाई हामीले बिस्तार गराैँ” । हाम्राे सभ्यता र संस्कार बिश्वकै धनी भएकाे बताउँदै उनले धर्म संस्कृति जगेर्ना गर्ने महान कार्यमा आफु सधै साथमा रहने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा ईन्द्रावती ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, १० का अध्यक्ष रामचन्द्र घिमिरे, १० का पुर्व अध्यक्ष जीवन कुमार थापामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, वडा नं ११ का अध्यक्ष रामजी माझी, समाजसेवी राजकुमार भट्टराई, नेविसंघका नेता दिनेश चाैलागाई र प्रविण कुमार कार्की, समाजसेवी, रेडियाे मिसनका अध्यक्ष सन्ताेष सिग्देल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय