BREAKING
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना | फट्टे पुल निर्माणको बाटो खुल्दै, मन्त्री तामाङसहितको टोलीद्वारा स्थलगत अनुगमन | सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम | “ आगामी चुनावमा उम्मेदवार बन्न कसैले रोक्न सक्दैन, चुनावमा अवश्य उत्रिन्छु : निमा ग्याल्जेन शेर्पा” | हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी | पर्यटकिय स्थल आमायाङ्री जान ग्रेट ट्रेल निर्माणको तयारी, प्रदेश सरकारले बहुवर्षीय स्रोत सुनिश्चित गर्ने | बागमती प्रदेशका मन्त्रीहरु द्धारा छाप भञ्ज्याङ–फट्केश्वर सडकको अनुगमन | कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा | एनपीएलमा पाँचौं हारसँगै कर्णाली याक्स बाहिरियो | चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायिक समितिको सडक नाटक |

मेलम्ची – स्वास्थ्यकर्मी हरुका लागिऔषधि तथा औषधिजन्य सामनहरुको सन्चालन सम्बन्धि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ (PAMS V2) सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य सामग्री स्टोर व्यवस्थापनका फोकल पर्सनहरू तालिममा सहभागी भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले बजेट अभावका बीचमा पनि विभिन्न प्रयास गरी तालिमको आयोजना गर्न सफल भएको बताउनुभयो।
उहाँले PAMS V2 तालिमले जिल्लाका स्वास्थ्य संस्थाहरूलाई औषधि तथा सामग्री व्यवस्थापनमा सजिलो हुने अपेक्षा राख्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
उहाँले संघ सरकारले भर्खरै बागमती प्रदेशबाट तालिम सुरुवात गरेको बताउदै जिल्लामा भने तालिम अहिले तालिम आयोजना गरिएको बताउदै थप तालिमको लागि पनि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । मुख्य प्रशिक्षकका रूपमा प्रेम अधिकारी र केदार उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय