विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षता, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने ईन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीका साथै ईन्द्रावती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
इन्द्रावती गाउँपालिकामा माध्यामिक (९–१२) चलेका विद्यालयहरु १२ वटा रहेका छन् । हालसम्म कुनैपनि विद्यालयले विद्यार्थीका गुनासो सुन्न गुनासो सुनुवाइ समितिको गठन तथा व्यवस्था गरिएको नपाईएको र विद्यालयमा गुनासो पेटिका र गुनासो सुनुवाइ समितिको गठन नहुँदा विद्यार्थीहरु विभिन्न प्रकारका हिंसामा परेको र त्यसको सुनुवाई गर्ने निकायको अभावमा हिंसा झन बृद्धि भइरहेको महसुस गरी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समस्या परेको गुनासोहरु आइरहेका र विद्यालय हाताभित्र, विद्यालय आउँदाजाँदा, घरपरिवार र समुदायमा बालबालिकामाथि हुन सक्ने सबै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण, लैङ्गिक हिंसा, बेवास्ता वा हेलचेक्रयाइँ, शारीरिक वा मानसिक दण्डसजाय, बुलिङ् लगायतको रोकथाम गर्न तथा कुनै घटना घटेमा निश्चित प्रक्रिया अपनाई त्यसलाई सम्बोधन गरी विद्यालयमा सबै बालबालिकाको सहभागिता वृद्धि गर्दै गुणस्तरीय शिक्षा सुनिश्चिित गर्नका लागी संयन्त्र निर्माण तथा लागु गर्नका लागी विद्यालयमा विद्यार्थीका गुनासो सुन्न गुनासो सुनुवाइ समितिको गठन तथा व्यवस्था गर्न पालिका संग पहल तथा पैरवी गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम सहजीकरण तथा प्रस्तुतीकरण पैरवी समूह ईन्द्रावती कलस्टरका संयोजक श्री जगन्नाथ रिजालले गर्नुभएकोे थियो भने कार्यक्रमको उदेश्य तथा रेष्ट कार्यक्रमहरुको वारेमा रेस्टका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराईले गर्नुभएको थियो साथै अन्र्तक्रियामा उठान गरिएका सवाल तथा जिज्ञासाहरुको सहजीकरण रेष्टका कार्यक्रम अधिकृत सुरज शर्माले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख आतिथी तथा ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गले रेष्टको कार्यक्रमले समाजमा गरेको सहयोग महत्वपुर्ण रहेको र यो संयन्त्र कार्यान्वयन गर्न आगामी कार्यपालीका वैठकमा अनुमोदनका लागी पहल गर्ने प्रतिवद्धता जनाउनुका साथै यस्ता कार्यहरुमा रेष्टको सहयोग तथा सहकार्य आवश्यक पर्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीले यो कार्यक्रम एकदमै महत्वपुर्ण रहेको र गाउँपालिकाले गुनासो सुनुवाइ समितिको गठन तथा व्यवस्थाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने महसुस भएको र संयन्त्र निर्माण तथा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयमा विद्यार्थीहरूले खुलेर आफ्नो समस्या राख्ने वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
अन्त्यमा कार्यक्रम अध्यक्ष तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालले सबैको उपस्थितीले कार्यक्रम प्रभावकारी भएको सबैको उपस्थितीका लागी हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

