ज्यामिरेमाने । सामुदायिक विद्यालयहरूप्रति समुदायकाे आकर्षण हुनुपर्ने इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताएका छन ।
श्री पञ्चकन्या आधारभूत विद्यालय ईन्द्रावती ८ ज्यामिरेमाने काे ४३ औं बार्षिकाेत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहेनतकाे आवश्यकता रहेकाे बताए । सामुदायिक विद्यालयहरू समुदायकाे आकर्षणकाे केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने दुलालकाे भनाई छ ।
इन्द्रावती गाउँपालिकाको सूचना


बालबालिकामा गरेकाे शैक्षिक लगानिले भाेलि देश, समुदाय र परिवार नै समुन्नत हुने दुलालले बताए । इन्द्रावती गाउँपालिकाले शैक्षिक क्षेत्रमा बजेटकाे २५ प्रतिशत लगानी गरेकाे उनकाे भनाई छ ।
विद्यालयमा रहेकाे शैक्षिक तथा भाैतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने दुलालले प्रतिवद्वता ब्यक्त गरे ।
