सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय पाचौँ ब्याडमिन्टन प्रतियोगितामा बिक्रम पनेरु र भुवन खड्काको जोडि पहिलो भएको छ । आज गाउँपालिका खेल मैदान टारमा भएको फाइनल खेलमा अनिस गुरुङ र नारायण थापाको जोडि लाई पछि पार्दै पनेरु र खडकाको जोडि पहिलो भएको हो ।
त्यस्तै रामप्रसाद न्यौपाने र रमेश केसि तथा सने तामाङ र गणेश गोलेको जोडि तेस्रो भएको खेलकुद विकास समितीका संयोजक ग्याल्बो साम्बेदनले जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाको सूचना


हिजो देखि सुरु भएको प्रतियोगितामा पालिका भित्रका स्थानीय र कर्मचारीको गरि ११ टिम सहभागी थिए । प्रतियोगिताको बिजेताले २० हजार , दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद र शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
