नवलपुर । हेलम्बु एजुकेशन एण्ड लाइभलिहुड पार्टनरशिप (हेल्प) ले इन्द्रावती ११ का ३२२ विद्यार्थीलाई शैक्षिक सामाग्री र ब्याग वितरण गरेकाे छ ।
आइतवार एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा इन्द्रावती ११ का ३ विद्यालय सेतीदेवी माध्यमिक विद्यालय, परोपकार आधारभूत विद्यालय र बिशदेउटार आधारभूत विद्यालयका सबै विद्यार्थीहरूलाई झाेला तथा शैक्षिक सामाग्री बितरण गरिएकाे हाे ।
इन्द्रावती गाउँपालिकाको सूचना


बितरण कार्यक्रम लाई सम्बाेधन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले शैक्षिक समृद्वि विना समाजकाे सम्भव नभएकाे बताए । ‘शिक्षा मेराे पहिलाे प्राथमिकतामा पर्दछ’, उनले भने ‘हामी गाउँपालिकामा आउँदा ४७% शिकाई उपलब्धि थियाे, चालू आर्थिक बर्षमा ७०% शिकाई उपलब्धि हाँसिल गर्ने लक्ष्य रहेकाे छ’ । शैक्षिक गुणस्तर वृद्विकाे लागि नियमित प्रअ वैठक गर्ने गरिएकाे नेपालले सुनाए । दक्ष शिक्षक, जागरूक अभिभावक नभई शैक्षिक गुणस्तर वृद्वि नहुने उनकाे तर्क छ ।
कार्यक्रममा मन्तब्य राख्दै हेल्पका अध्यक्ष जिमि लामाले संस्थाले शैक्षिक क्षेत्रमा गरिरहेका कामको बारेमा जानकारी गराउँदै २२ हजार ३०८ जना विद्यार्थीहरु माझ झाेला बितरण कार्यक्रम पुगेको जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीलाई टिकाउन शिक्षा प्रतिको लगाव बढाउनका लागी यस्ता कार्यक्रम गरिएको प्रष्ट पारे । भविष्यको मार्गनिर्देश गर्ने विद्यालयले नै भएकाले शिक्षक, अभिभावक र विद्यार्थीहरुमा अहिलेनै मिहेनत गर्न उनले आग्रह गरे ।
इन्द्रावती गाउँपालिका ११ का वडा अध्यक्ष रामजी माझीले विद्यार्थीलाई रेगुलर विद्यालय पठाउन अभिभावकलाई आग्रह गरे । सरकारी विद्यालयलाई सुधार गर्न सबै अभिभावक, विद्यार्थी र शिक्षक लागीपर्न जरूरी रहेकाे उनकाे भनाई छ । इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्नेमा उनले जाेड दिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै सेतीदेवी माध्यमिक विद्यालय का प्रधानाध्यापक ताेपप्रसाद नेपालले शिक्षाकाे बिकासकाे लागि सबैकाे आ आफ्नाे ठाउँबाट याेगदान आवस्यक रहेकाे बताए । विद्यार्थी भाइबहिनिहरूकाे शैक्षिक स्तरलाई अभिवृद्वि गर्न सकिन्छ कि भनेर वडाकाे पहलमा शैक्षिक सामाग्री र ब्याग हेल्पले प्रदान गरेकाे उनले जानकारी दिए ।
त्यस्तै सेतीदेवी माध्यमिक विद्यालयका विद्यालय व्यबस्थापन समिति अध्यक्ष माेहन बहादुर माझीले विद्यालयलाई १२ कक्षा सम्म सञ्चालन गर्ने लक्ष्य रहेकाे बताए । उनले गाउँपालिका अध्यक्ष मार्फत गाउँपालिका लाई १२ कक्षा सम्म सञ्चालन गर्नकाे लागि सहजिकरण गरिदिन अनुराेध गरे ।
