BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

भिमटार, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५५९ परिवारलाई ५४९३ रोपनी जमिनको अस्थायी निस्सा प्रदान गरिएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अस्थायी निस्सा वितरण गरेका हुन ।

कार्यक्रमको अवसरमा बोल्दै मन्त्री दुलालले देशमा लामो समय राजनीति गरेपनि गरिबी र  चरम शोषणको अन्त्य गर्न अझै बाँकी रहेको बताए । जमिन जोत्नेको र कमाउनेको हुनुपर्छ भनेर लामो समयको प्रयासपछि यहाँसम्म आउन सकेको उनले जानकारी दिए । वर्षौँ देखि जोतेको र भोगचलन गरिरहेको जमिन पाउनु कानुनी र नैसर्गिक अधिकार भएको मन्त्री दुलालले बताएका छन । अहिले दिइएको अस्थायी पुर्जाको विकल्प पूर्ण अधिकार सहितको लालपुर्जा नै रहेकाले तिनै तहका सरकार एक भएर लाग्नुपर्नेमा उनले जाेड दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

सोही अवसरमा बोल्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जोतभोग गर्नेले जमिनको अधिकार पाउनुपर्नेमा जोड दिए । भूमिहीनहरूले भूमि प्राप्त गर्नुपर्छ भनेर गाउँपालिका पनि लागिरहेको उनले बताए ।

स्थानीय राम बहादुर दनुवारले बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको जमिनको निस्सा पाएकोका खुसी व्यक्त गरे । जमिनको निस्सा नहुँदा जमिन कसको हो भन्ने नै निर्क्यौल नहुँदा विवाद भइरहने उनले बताए ।

इन्द्रावती १२ को आयोजना र भूमि अधिकार आयोगको समन्वयमा कार्यक्रम भएको भूमि अधिकार आयोगका जिल्ला अध्यक्ष झम्क पराजुलीले जानकारी दिए । कार्यक्रममा जिल्ला नापी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय